इटहरी । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले उनलाई बर्खास्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले कोइराला आज पदमुक्त भएको जानकारी दिए ।
मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड (ख) बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले उनलाई २०८० साल पुस २२ गते मुख्य न्यायाधिवक्ता बनाएका थिए ।




















