काठमाडौं— नेकपा (एमाले)का सचिव महेश बस्नेतको चरित्रहत्या गरेको आरोपमा १० जना व्यक्ति र तीन सञ्चारमाध्यमविरुद्ध साइबर ब्युरो तथा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको छ।
बस्नेतको सचिवालयका अनुसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत उनीविरुद्ध भ्रामक र तथ्यहीन सामग्री सम्प्रेषण गरी चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै उजुरी दर्ता गरिएको हो।
उजुरीमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट फैलाइएका भनिएका भ्रामक सामग्रीमाथि छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।
सचिवालयले बस्नेतसँग सम्बन्धित विषयमा तथ्यहीन सामग्री प्रसार भएको भन्दै त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रेस काउन्सिलमा दिएको उजुरी–

साइबर ब्यूरोमा दिएको उजुरी–



