जनकपुर । नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र हस्तान्तरण गरिसकेका छन् ।
राजीनामा दिनेहरुमा सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । आजै एमालेले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने बताइएको छ । जसपा नेपाल नेतृत्वको सरकार ढाल्ने योजनाअनुसार माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।




















