प्युठान ,१४ फागुन । प्युठान स्थित स्वर्गद्वारीमा ९१ जना नेपाल   कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छ्न । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्वर्गद्धारी नगरपालिका वडा नम्बर ६ बेलबास वडा संगठन कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस र राष्टिय जनमोर्चा छाडि ९१ जना नेकपामा प्रवेश गरेका हुन ।

त्यस्तै नेपाली  कांग्रेसबाट ८२ जना र रास्ट्रीय जनमोर्चाबाट ९ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका नेता सरद पोख्रेलले बताए । नव प्रवेशीहरुलाइ  प्रदेशसभा माननीय हरि रिजाल, नेता बिजय बिजय बिराज बिष्ट, तुल्सीराम शर्मा, कृष्ण घिमिरे,  सेतुराम गोराथोकी, लीलामणि कालाथोकी, भुपलाल गोराथोकी, मधी देबि कालाथोकी, बिजय कोइराला ले स्वागत गरेका थिए  । यसैगरी नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले टीका र माला लगाएर स्वागत  गरेका थिए ।