कथा...

उहिले प्राचीनकालमा देशको सर्वेसर्वा मन्त्री थिए ।उनलाई ठूलो मन्त्री भनिन्थ्यो ।त्यो देशमा घुसखोरी र भ्रष्टाचार थियोे ।जनता जनप्रतिनिधि देखि खुशी थिएनन् ।जनताहरुले जनप्रतिनिधिहरुको टिकाटिपणी र आलोचना गर्थे ।बिरलैको मात्र प्रसंशा गर्थे ।

जनता कै प्रतिबिम्ब जनप्रतिनिधि हुन पनि भन्थे।जस्ता जनता त्यस्तै जनप्रतिनिधि पनि भन्थे ।तिनै जनताले चुनेर छानेर पठाएकाहुन।बिडम्बना कारण बुझिएन ।भएका कामहरू मध्ये पनि धेरै जसो गुणस्तर हिन भएको चर्चा गर्थे।कमिसनको खेल भन्थे ।हल्लमात्रै हो कि साँच्चै हो?प्राय जनतालाई थाहा हुँदैन थियो ।हल्लाको पछि दौडनु बाहेक। धेरैले बेठीक भन्थे थोरैले ठीक भन्थे ।क्याहो क्याहो ??

त्यो देशमा कानुन दुरुपयोग छानबिन आयोगको मुख्य पद खाली भयो।जनताले शंका गरेका थिए ।आफ्नै नाताकालाइ नियुक्त गर्छन्, नजिकको साथीलाई गर्छन् ।त्यहाँ भन्दापनी पर गए भने आफ्नै पार्टीको आफ्नै गुठको आफ्नो समर्थक लाई गर्छन् । ल ! ठूलो मन्त्रीले त कट्टर आफ्नो बिरोधि ।सधैं बिरोध मात्र गर्ने।बिरोधि पार्टीको मान्छेलाई पो नियुक्तगरे बा! सारा दुनियाँ छ्क्क परे।

आफन्त,आफ्ना साथी र पार्टीका साथीहरु पनि रिसाए।तपाईले यो के गर्नु भएको ठूलो मन्त्री ज्यू?? त्यो मानिसले तपाईंलाई सिध्याउँछ।अरु हामी कसैलाई पनि छोड्दैन। त्यो बिरोधि हो।बिरोधि पार्टीको हो।त्यस्ता मान्छे बाट तपाई हाम्रो भलो हुन्छ र??
ठूलो मन्त्री : मलाई थाहा छ।

त्यो मेरो कट्टर बिरोधि हो।बिरोधि पार्टीको पनि हो।मौका पाए मलाई मात्र होइन अरु कसैलाई पनि छोड्दैन तर त्यो मानिस कट्टर देशभक्त छ।कानुनमा विज्ञ छ।देशको अहितमा त्यसले कुनैपनि काम गर्दैन। त्यो मलाई पूर्ण विश्वास छ।तपाई हामी भन्दा देश ठूलो हो।त्यो न्याय प्रेमी मान्छे हो।न्याय छोड्दैन त्यसले निरपराधलाई केही गर्दैन ।कानुनी त्रुटि गर्नेलाई छोड्दैन।निष्ठा पूर्वक कानुन केलाउँछ।सत्यतथ्य प्रमाण खोज्छ।कामको प्रकृति हेर्छ ।

गुणस्तर हेर्छ।गुणस्तरमा कसी लगाउँछ।अनि मात्र दोष भेटे कानुनी आक्रमण गर्छ।कानुनी त्रुटि पाए , म पनि उसलाई छोड्दिन।उसले पनि मलाई छोड्दैन।म देखि उ डराउँछ।उदेखी मपनि डराउँछु।मेरो सारा सरकार नै डराउँछ।उसंग आफन्तको साथीको पार्टीको कुनै सम्बन्ध छैन । देश र कानुको सामाजिक सम्बन्ध छ।भोलि देखिनै घुसखोरी भ्रष्टाचार हट्छ।कानुनी गल्ती क्षेम्य हुँदैन ।आजसम्म हामीले आफ्ना मान्छे राख्यौ,साथी राख्यौ।पार्टीका त्यो पनि आफ्ना गुठका मात्र नियुक्त गर्यौ।हाम्रो त सुधार भयो तर खै देश र जनताको सुधार कहाँ छ्???

अब देश र जनताको सुधार हुने विश्वास छ।अब हामी बिचमा आफन्त साथी पार्टी बोल्दैन ।मात्र कानुन बोल्छ,देश बोल्छ ।जनता बोल्छ।न्याय कानुन बमोजिम ईमानदार पूर्वक कामगर्नेलाइ पुरस्कृत गरिन्छ ।सम्मान गरिन्छ।मन्त्रीको कुरा सुनेर सबै छ्क्क परे!! जनताले मलाई विश्वास पूर्वक जिम्मेवारी दिएकाछ्न।मैले पनि विश्वास दिएको छु।त्यसै कारणले मैले यो जोखिम मोलेको हुँ?