नेकपाको पछिल्लो विकसित घटनाक्रम सँगै नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपालको भूमिका र अवस्थालाइ लिएर अनेकन अडकलवाजी चलेको छ ।

आफुलाइ नभएर देशको भरपर्दो र जनताको प्रिय पार्टी बनाउने हेतुले , आफुलाइ हैन पार्टी हितलाइ केन्द्रमा राखेर वहाँले उठान गर्नु भएको विधि र पद्दतिको पालनाको सुनिश्चितताको विषयलाइ यो वा त्यो ढंगले छायाँमा पार्ने , दुरगामी रुपमा हेरेर हैन क्षेणीक रुपमा हेरेर कहीं कतै माधव नेपाल कम्जोर पो हुनु भयो कि भन्ने आसय सहितका भनाइहरु आएका छन ।

पार्टी स्थायी कमिटिको वैठकको सुरुवाती दिनहरुमा देखिएको सुनिएका गर्मागर्मी र कहीं कतै पार्टीको वैठक पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट सम्माननीय केपी ओलीलाइ हटाउनको लागि हो भन्ने खालको सतही तर व्यापक बुझाइ जस्तै वहाँले कुनै पदबाट हटनु नपर्ने हिसाबले परिस्थिति अगाडी बढेपछि पार्टीमा विधि पद्दतिको मुद्दा नै कम्जोर भए जस्तो , त्यस मुद्दा उठान गर्ने नेता छायाँमा परे जस्तो वा कम्जोर भए जस्तो जुन बुझाइ छ, त्यो गलत छ ।

किन ? किन भने जसले जति जे भने पनि माधव नेपालले उठान गरेका विषय कोहि कसैलाइ हटाउन वा आफुलाइ केहि पाउन थिँदै थिएन । वहाँको अडान फेरी कुनै व्यक्ती प्रति निशाना साँधेर वा कोहि प्रति अनुग्रहित भएर ल्याइएको थिएन , झन त्यसरी विषय उठान गर्दा त्यसमा वहाँले आफ्नो निम्ती कुनै पद प्राप्तिको सपना राख्नु भएको जरुर थिएन ।

यदि वहाँले पद नै खोज्नु भएको हुन्थ्यो भने वहाँलाइ पार्टीको तेश्रो अध्यक्ष बन्न त प्रस्ताव गरिएकै थियो नि तर वहाँ त्यस प्रस्तावबाट उत्साहित हुने त टाढाको कुरा त्यस विषयमा छलफल गर्न समेत तयार हुनु भएन । हुन त जसले जे भने पनि जे बुझे पनि पार्टीको तत्काल समस्या समाधानको लागि भए पनि जे जस्ता प्रस्ताव आए, थोरै भए पनि सुधारका प्रतिवद्धता आए त्यो माधव नेपालकै अडानको कारण आए र वहाँले उठान गर्नु भएको मुद्दाहरु प्रतिको आम कायकर्ताहरुको सहमतिको कारण आए ।

त्यसैले पार्टीमा टालटुले नै भए पनि एकता हुँदै गर्दा एकतावद्ध र गतिशील पार्टीको निम्ती सक्रिय नेता न कम्जोर हुने न छायाँमा पर्ने हो , अहिले जे भएको छ कमसेकम विगतमा भन्दा राम्रो भएको छ । कमसेकम विधि पद्दति मिचेर अगाडी बढन कोहि कसैलाइ पनि सजिलो छैन भन्ने जुन सन्देश प्रवाह भएको छ त्यसको जस विधि र पद्दतिको पालनाको सिद्धान्तका पक्षपोषक माधव नेपाल र वहाँले जस्तै थिति र विधिमा पार्टी चल्नु पर्छ भन्ने मान्ने आम नेकपाका कार्यकर्तालाइ जान्छ ।

तसर्थ, पार्टीलाइ विधि र पद्दतिमा फर्काउने अभियानलाइ सुरुवात गराउन भए पनि जुन सफलता मिलेको छ , त्यस निम्ती नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपाल बधाई र धन्यवादको पात्र हुनुहुन्छ । दुइ जना मिल्दा जे पनि हुन्छ र हुनुपर्छ भन्नेबाट दुइटा वा तीनटाले जे भने पनि माने पनि त्यसलाइ पार्टी कमिटिको वैठकले अनुमोदन गर्नुपर्छ भन्ने तहमा आइपुग्ने भनेको विजय हो पराजय हैन ।