✍️ रामप्रसाद रिजाल

अहिलेको लडाई पदको होईन पार्टी लाई विधि : पद्धतिमां चलाउनु हो लोकतांत्रिक व्यवस्था लाई बचाउनु हो त्यसको लागि ओलीलाई प्रधानमंत्री बाट हटाउनु राष्ट्रीय आवाश्यकता हो। ओलीले एमाले पार्टी एकता चाहेका छैनन ओलीले चाहे १ घण्टामा पार्टी एकता हुन्छ। पार्टी फुटाउन ओलीले चाहेका छन किनभने ओलीले पार्टीको विधान विपरीत एक पक्षीय ढगले महाधिवेशनबाट निर्वाचित कमिटी लाई भंगगरे ओलीले गरेका गुट भेलाका निर्णयहरु सर्वोच्चलेनै अवैधानिक भनिसक्कयो।

ओलीले पार्टी एकता चाहे को भए प्रधानमंत्री बाट तुरुन्तै राजीनामा दिनुपर्ने र ओलीले प्रधानमंत्रीबाट राजीनामा नदिए वा नछोडे एमाले पार्टी एकताबद्ध हुन नसक्ने । पार्टी लाई अझ एकढिक्का बनाउन पार्टी र सरकार लाई प्रभावकारी बनाउन वरिष्ठ नेता माधब नेपाल को भूमिका लाई बलियो र फराकिलो बनाउनु पर्ने । पार्टी अध्यक्ष केपी ओलीले आफ्नो आलोचना सुन्न नखोज्नुले वहां लाई झन कमजोर बनाउंछ। प्रधानमंत्री ओलीको बानी सहमति गर्ने कमजोर हुदा र बलियो भए पछी सहमति तोड़ने किसिमको ओलीको चरित्र नै एमाले पार्टी एकता को बाधक भएको। प्रधानमंत्री को कारण पार्टी मा किचलो भांडभैलो बढेकोले यसको दोषी ओली नै भएकोले यसको निकास प्रधानमन्त्रीले दिनुपर्छ ।

ओलीले हप्ता दिनभित्र प्रधानमन्त्री बांट राजीनामा दिनुपर्ने र संसद विघटन पनि आत्मोआलोचना गर्दै हप्टादिन भित्र फिर्तालिनु पर्ने पार्टी का संबै संरचनाहरू २०७५ जेठ २ को अवस्थामा हप्टा दिनमा व्युताउनु पर्ने र फाल्गुन २८ को ओली गुटले गरेको एक पक्षीय निर्णय हरु पनि हप्टा दिन भित्रमा खारेज गरे मात्र एमाले पार्टी एकताबद्ध हुन्छ नत्र हप्टादिन पछि कमरेड माधव कुमार नेपाल ज्यूको अध्यक्षतामा अर्को शक्तिशाली कम्युनिस्ट पार्टी घोषणा गरिसक्नुपर्ने पार्टी एकता गर्नेकी नगर्ने कुरामा अब धेरै नअल्मी हप्ता दिन भित्रमा छिनोफानो गर्न नेता नेपाल लाई मेरो हार्दिक अपील छ।