काठमाडौं— जेनजी अगुवा रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले सुरक्षा निकायलाई नगर प्रहरी चलाएजस्तो शैलीमा सञ्चालन गरिएको हो कि भन्ने प्रश्न गरेकी छन्।
उनले शक्ति र पहुँचको आडमा विधि र प्रक्रिया बेवास्ता गर्दै मानिसलाई नियन्त्रणमा लिने र त्यसको कारण जेनजीलाई देखाउने प्रवृत्ति बढेको आरोप लगाएकी छन्।
बमले जेनजीलाई आतंकवादी वा भूमिगत सशस्त्र समूहजस्तो चित्रण गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।


