चितवन, २० फागुन । नेकपा एकीकृत समाजबादी चितवनका नेता जीवन कुमार कार्की मुलधार एमालेमै फर्किनुभएको छ । चितवन खैरहनी २ का कार्की शुक्रबार एमालेमा प्रवेश गर्नुभएको हो । कार्कि समाजबादिको कृषि बिभाग सदस्य हुनुहुन्थ्यो । लामो समयदेखी एमालेमा रहेका कार्की पाटी बिभाजन पछि समाजबादी तिर लाग्नुभएको थियो ।

उहाँले एक बिज्ञप्ति जारी गर्दै समाजबादिको सदस्य नरहेको स्पष्ट पार्नुभएको । भुलबस एमाले छोडेको भन्दै उहाँले आगामी दिन एमालेमै क्रियाशिल भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेकपा एमाले केन्द्रिय सदस्य जेएन थपलिया,नगर कमिटी अध्यक्ष पुर्ण बहादुर डल्लाकोटीले कार्किलाई टीका र खादा लगाएर एमालेमा प्रवेश गराउनु भएको थियो ।