काठमाडाैं,२१ फागुन । सिन्धुपाल्चाेकमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । २०७४ काे स्थानीय तह चुनावमा कांग्रेसबाट बाह्रबिसे नगरपालिका-२ को वडाध्यक्षमा निर्वाचित बमबहादुर तामाङ शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएकाे हाे ।एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा लामा एमालेमा प्रवेश गर्नुभएकाे हाे ।

लामालाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत नेताले पार्टीमा स्वागत गर्नुभएकाे छ । कांग्रेसमा व्यक्तिवाद हावी भएकाे र कांग्रेसकै नेतृत्वमा सदनबाट जबरजस्ती रुपमा एमसीसी पास गरिएकाे भन्दै लामाले कांग्रेस परित्याग गरेकाे विज्ञप्तिमार्फत घाेषणा गर्नुभएकाे थियाे । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार बमबहादुरकाे नेतृत्वमा सयाैँ नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।