मोरङ,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङको रंगेली आउने भएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीको आयोजना हुन लागेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्न फागुन २५ गते ओली रंगेली आउने भएका हुन् ।
सो कार्यक्रममा रंगेली नगरपालीमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप बगडिया (अग्रवाल) सहित ५ हजार बढी मानिस नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको नेकपा एमाले मोरङले जनाएको छ ।



















