बिराटचोक,१६ चैत । ४ दलले गठबन्धन गरेर चुनाव जित्छौ भन्नु भनेको सुन्निएको मान्छेलाई मोट्टाएको भन्नु जस्तै भएको नेकपा एमालेका नेता अजम्बरले बताएका छन् । नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका राईले जनताको विश्वास समेत गुमाई सकेका पार्टीहरुले जितको दिवा सपना मात्र देखेको समेत बताए ।
नेता राइले घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने जिकिर गरे । सत्तारुढ गठबन्धन एमालेसँग जति आतंकित भइरहेको छ, एमालेको लोकप्रियता र शक्ति त्यति बढिरहेको उनले बताए ।

अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटीको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले महिलालाई विभिन्न अवसर प्रदान गरी नेतृत्वमा पुराउने पार्टी नेकपा एमाले भएको बताए । अब आउने स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत मात्र हैन ५० प्रतिशत सम्म सहभागी हुनेगरी महिलाहरुले नेतृत्व विकास गर्नु पर्नेमा नेता राइले जोड दिए ।

बुधबार गछियामा बसेको अनेमसंघको बैठकमा सुन्दरहरैचाकी उपप्रमुख धनादेवी तामाङ,पार्टी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीप्रसाद फूयल,सदस्य सुरेन्द्रबहादुर थापा जिल्ला कमिटी सदस्य कमला मास्के, पार्टी नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए । अनेमसंघ सुन्दरहरैचा नगर कमिटी अध्यक्ष कविता शर्माको अध्यक्षतामा बैठक बसी सम्पन्न भएको थियो ।





















