काठमाडौं—नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३ सय ९५ रुपैयाँ मा कारोबार भइरहेको छ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ तोकिएको छ।