काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको छ।


