झापा— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचितमध्ये विश्वप्रकाश शर्माले सर्वाधिक मत प्राप्त गरेका छन्।

खुला पुरुषतर्फ उम्मेदवारी दिएका शर्माले ६३८ मत प्राप्त गर्दै क्षेत्र नं. १ बाट सबैभन्दा बढी मत पाउने प्रतिनिधि बनेका हुन्।

खुला पुरुषतर्फ केशवराज पाण्डे ५२७ मतसहित दोस्रो भएका छन्। नारायण गिरीले ४५०, अर्जुन राईले ४४४, भुपु राई (भुपु काछा)ले ४४३, प्रेम सम्बाहाङ्फे (लिम्बु)ले ४४१, गोपाल तामाङले ४३९, लोकराज ढकालले ४२६, पुष्पराज पौडेलले ४०० र टेकबहादुर लिम्बु (भरत)ले ३४४ मत प्राप्त गरेका छन्।

खुला महिलातर्फ सुशीला रिजालले ४२८ मतसहित सर्वाधिक मत पाइन्। रचना ओली घिमिरेले ४०५, राधा कार्कीले ४०० र कुसुम भट्टराई कोइरालाले ३६६ मत प्राप्त गरिन्।

खस आर्य खुलातर्फ मनोज घिमिरेले २७८ र धनकाजी खत्रीले २२४ मत पाए। खस आर्य महिलातर्फ ज्ञानु थापा रिजालले २७७ तथा चन्द्रकला भट्टराईले २६६ मत प्राप्त गरिन्।

आदिवासी जनजाति खुलातर्फ चक्र शेर्पा लिम्बुले ४०० र खड्गबहादुर घिमालले ३०२ मत प्राप्त गरेका छन्। महिला समूहमा विटु गुरुङले ४६७ र विना तामाङले ३६० मत पाइन्।

३५ वर्षमुनिका युवा खुलातर्फ चोलिन्द्र दाहालले २७३ र भुपेन्द्र सिंह थेवेले २२८ मत प्राप्त गरे। युवा महिलातर्फ निस्ता निरौला नेपाल ४११ मतसहित निर्वाचित भएकी छन्।

अपाङ्गता समूहबाट गंगाप्रसाद संजौला २०९, पेशागत तथा विषय विज्ञ समूहबाट अजयकुमार घिमिरे ४०६ र श्रमिक समूहबाट विशाल तामाङ ३१९ मतसहित निर्वाचित भएका छन्।

यसरी झापा–१ बाट विभिन्न क्लस्टरमा निर्वाचित महाधिवेशन प्रतिनिधिको मतपरिणामअनुसार विश्वप्रकाश शर्माले ६३८ मतसहित सर्वाधिक मत प्राप्त गरेका छन्।