धनगढी,१९ असोज । नेकपा (एकीकृत समाजवादी) को धनगढी उपमहानगर कमिटी गठन भएको छ । मंगलबार धनगढीमा भएको नगर भेलाले मदनराज रेग्मी अध्यक्ष रहेको १०१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीमा उपाध्यक्ष रोजी बस्नेत, रामनिवास राना, सचिवमा बाबुराजा श्रेष्ठ, उपसचिवमा लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन् ।सो भेलाको समाजवादीका केन्द्रीय सदस्य माया भट्टले उद्घाटन गरेकी थिइन ।
नवगठित कमिटीलाई नेकपा समाजवादीका कैलाली अध्यक्ष दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।




















