धादिङ,२१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका हुन् । उनी नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीको सदस्यसमेत थिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि माओवादी छाडेर एमालेमा फर्किएका हुन् । डल्लाकोटीलाई एमालेमा स्वागत गर्न एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमाले नेता पुष्प कँडेललगायत पनि बालकोट पुगेका थिए ।