काठमाडौं,२८ चैत । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर पुनः नेकपा एमालेमै फर्किनुभएकाे छ । आइतबार आयाेजित एक कार्यक्रमबीच बुँवर एमालेमा फिर्ता हुनुभएकाे हाे ।
पहिला एमालेमै रहनुभएका कुँवर माधव नेपालले नयाँ पार्टी खाेलेपछि त्यतै लाग्नुभएकाे थियाे । कुँवरलाई एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गर्नुभएकाे हाे ।



















