विराटचोक,२३ बैशाख । सुन्दरहरैंचाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार विराटचोक आउने भएका छन् ।

नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सचिव सन्तोष घिमिरेका अनुसार इन्द्रपुर जेसीजको भवनमा उपस्थित कार्यकर्तालाई उनले सम्बोधन गर्ने भएका छन् । घिमिरेका अनुसार बेलुका ५ बजे ओली जेसीज भवनमा आउने भएका हुन् ।