बराहक्षेत्र,१२ जेठ । नेकपा ( माओवादी केन्द्र ) का सुनसरी जिल्ला सचिवालय सदस्य हेमनारायण मण्डल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल लगायतले मण्डललाई एमालेमा स्वागत गरेको जिल्ला सचिव राम कोइरालाले जानकारी दिए । नवप्रवेशी मण्डल भोक्राह नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष समेत हुन् ।