काठमाडौं,२६ असार । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी छ । जारी मतगणना अनुसार मेयर र उपमेयरमा नेकपा एमालेकाे अग्रता कायमै छ । पछिल्लो विवरणअनुसार ७ हजार ४१७ मत गणना हुँदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याउनुभएकाे छ । नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १ मत पाउनुभएकाे छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ मत ल्याउनुभएकाे छ । कांग्रेसकी रिता शाहले ३ हजार १ सय ५३ मत पाएर खड्कालाई पछ्याइरहनुभएकाे छ ।



















