सुनसरी, १५ भदौ । सुनसरीको दुहबीमा रहेर नेपाली कांग्रेस तथा राप्रपामा रहेर राजनीति गर्दै आइरहेका करिब एक दर्जन प्रभावशाली व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले प्रदेश १ को चौथो पूर्ण बैठकमा सुनसरी दुहवीका ११ जना प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेका हुन् ।

विराटनगरमा आयोजित कार्यक्रमका १ नं. प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियत, केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज भगवती चौधरी लगायत नेताहरुले उनीहरुलाई पार्टी प्रवेश गराए ।

304784271_5386148581501937_3403814958533102814_n

सो अवसरमा राप्रपा नेपालका पूर्वजिल्ला सभापति तथा सांसदका प्रत्यासी उम्मेदवार टेक्चन विस्वास, नेपाली कांग्रेस दुहबी नगरसभापति खेमनारायण चौधरी, सोनापुर गाउँविकास समितिका सभापति अशोक केसी, तत्कालिन नेपाली कांग्रेस दुहबी गाउँ विकास समितिका सचिब कपिल चौधरीले पार्टी परित्याग गरी नेकपा एमालेका प्रवेश गरे ।

यस्तैगरी कांग्रेस दुहबी नगर कोषाध्यक्ष अनिलकुमार साह, कांग्रेस ३ नं. क्षेत्रीय सदस्य सशीकुमार चौधरी, कांग्रेस क्षेत्रीय प्रतिनिधि सतिलाल उराव, कांग्रेस वडा सभापति राजेश्वर चौधरी, क्षेत्रीय सभापति कुशेश्वर चौधरी, क्रियाशिल सदस्यद्वय राजेन्द्र चौधरी र भुवन लाल थारुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

वर्षौंदेखि नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि देश र जनताका लागि आशातित काम नगरेकाले नेकपा एमालेले मात्र मुलुक र जनताको भलो गर्ने ठहर गर्दै आफुहरु एमालेमा समाहित भएको उनीहरुको भनाई छ । जनताको बहुदलीय समाजवादको छत्रछाँयामा रहेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने देखेर नै आफुहरु एमालेमा आएको पार्टी प्रवेश गर्नेक्रममा उनीहरुले भने ।

४० वर्षदेखि सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका व्यक्ति १२ पटकभन्दा बढी मन्त्री, उपप्रधानमन्त्री समेत भएपनि आफ्नो क्षेत्रका जनताको लागि कुनै गतिलो काम गर्न नसकेको उनीहरुको ठहर छ । ‘हामीले उहाँलाई एक पटक हैन पटकपटक विस्वास गर्यौं, पटकपटक चुनाबमा जिताएर पठायौं तर, चुनाब वितेपछि आफ्नो जन्मेको माटोलाई समेत विर्सनु भयो ।’ बारम्बार एउटै व्यक्तिलाई नेतृत्वमा पठाउँदा जनताको चाहना अनुसार परिवर्तन नभएकोले यो पल्टको निर्वाचनमा इतिहास फेरिने उनीहरुको विस्वास छ ।