काठमाडाैं,८ असोज । बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढ्नुभएकाे छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओली आफूले सरकारकाे नेतृत्व गर्दा किनेर ल्याएकाे जनकपुर-जयनगर रेलमा चढ्नुभएकाे हाे । उहाँले पैसा तिरेरै रेल चढ्नुभएकाे हाे ।
जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुग्नुभएका ओली त्यहाँ रेलको टिकट काटेर रेल चढेर कार्यक्रमस्थल पुग्नुभएकाे हाे । त्यसक्रममा उहाँले जनकपुरबाट महिनाथपुर स्टेशनसम्म रेलयात्रा गर्नुभयाे । त्यसपछि उहाँ कार्यक्रम स्थल विदेह नगरपालिस्थित तीनकौरियातर्फ लाग्नुभयाे ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)



















