काठमाडौं —अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले प्रधानमन्त्री बालेन्द्र शाहलाई जेन–जी पुस्ताबाट उदाएको नयाँ राजनीतिक नेतृत्वका रूपमा प्रस्तुत गरेको छ।
सेप्टेम्बर २३ मा प्रकाशित ‘From a Nepal in Pain, a Young Leader Makes a Case for Climate Reparations’ शीर्षकको रिपोर्टमा ३६ वर्षीय शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा जलवायु क्षतिपूर्तिको मुद्दा उठाउँदै गरेको नेताका रूपमा प्रस्तुत गरिएको छ।
रिपोर्टले शाहलाई ‘जेन–जी राजनीतिक शक्तिको प्रतीक’ का रूपमा उल्लेख गरेको छ। साथै नेपालमा आएको विनाशकारी बाढीपछि उनको नेतृत्वशैलीबारे उठिरहेका प्रश्नहरूलाई समेत रिपोर्टमा समेटिएको छ।



