विराटचोक,३ कात्तिक । मोरङ क्षेत्र नं. ३ का निवर्तमान सांसद तथा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भानुभक्त ढकालले यस क्षेत्रमा आफ्नो पहलमा भएका विकासका कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । २०७४ सालमा निर्वाचित भएयता पाँच वर्षको अवधिमा आफ्ना पहलमा भएका कार्यहरुको पुस्तिका प्रकाशित गर्दै ढकालले यस क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको बताएका छन् ।
यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलगायत समग्र क्षेत्रमा भएका विकासका कार्यहरु उनले बुँदागत उल्लेख गरेका छन् । हेर्नुहोस्, मोरङ ३ का निवर्तमान सांसद नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको पहलमा भएका विकासका कार्यहरुको विवरण :









































