खोटांङ,२० कात्तिक । खोटांङमा नेपाली कांग्रेस परित्याग गरी ६३  जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार दिप्रुङ चुइचुम्मा गाउँ पालिका स्थित बतासेमा भएको एमालेको चुनावी सभामा नेपाली कांग्रेसको दिप्रुङ चुइचुम्मा ४  का वडा सभापती तथा नेबिसघ को जिल्ला सचिव राजेश राइको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।नवप्रवेशी राई गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षको  उम्मेदवार समेत रहेका थिए ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट २ जना एमालेमा प्रवेश गरेको एमाले खोटांङका सदस्य ओमप्रकाश घिमिरेले जानकारी दिए । नवप्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य उषाकला राई र पार्टी अध्यक्ष एबम प्रदेशसभाका उमेदवार रामप्रसाद दंगालले स्वागत गरेका थिए । 

314484703_510037707765108_3518532075681344963_n (1)314542664_3333235686920631_5711387968403367586_n