काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको टिप्पणी गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको बताउनु भयो । ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे ! समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने,’ अध्यक्ष ओलीले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पार्टीमा बिलय गराउने उदेश्यसहित मोर्चा गठनको गृहकार्य अघि बढाउनु भएको बेला ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले कांग्रेस तर्साउन गठन गरिने मोर्चाको कुनै औचित्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ ?’ मोर्चामा सामेल हुने भनिएका दलहरूको ‘लिभिङ टुगेर’ चलिरहेको टिप्पणी गर्दै उहाँले थप्नुभयो, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन, सँगै हिँडेका छन । लिभिङ टुगेदर त चलेकै छ तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछ् खास वास्ता राख्नुपर्ने छैन ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको तथ्यांक पनि राख्नुभयो । गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएको उहाँको भनाई छ ।
नेकपा एमालेको तर्फबाट बोलिएका मेरो जीवनभर लगभग ५८ वर्ष भयो, मैले राजनीतिक गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित र झुटो कुरा गरेको छैन, म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि अरु पार्टीमाथि लगाएको आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरुलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन । समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो, छ त ! हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित छ । चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन, एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’
अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएको बताउनु भयो । आफु सरकारबाट हटेपछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको ओलीको भनाई छ ।
‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन । एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?,’ अध्यक्ष ओलीले भन्नुभया ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ । गठबन्धनले जनतालाई अल्मल्याएका छन । भ्रम पारेका छन ।’




















