काठमाडौं,९ असार । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको धेरै दिन टिक्न नसक्ने बताएका छन ।
शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको दाबी गरे । उहाँले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए ।
उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताए । उनले मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिडाउन सामथ्र्य योग्यता प्रदर्शन गर्न नसकेको बताए ।
उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाए । उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए ।
उनले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताए ।
उनले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाए । उनले भने , ‘सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ। सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ। त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। कांग्रेसलाई मार हान्नको लागि हतियार उदाउनु भयो।
एमाललेलाई माया कांग्रेसप्रति छ। कांग्रेस भरोसा गरेर जनताले पहिलो बनायो। ८९ सिटमा संसदमा पठाएको छ। ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लगाई रहनुभएको छ।’




















