काठमाडौं,६ साउन  । दोलखाको प्रदेश क्षेत्र नं २ का नेपाली कांग्रेस क्षेत्रीय सचिव तिलकराज चौलागाईं (विष्णु) ले नेपाली नेपाली कांग्रेस परित्याग गर्नुभएको छ । 

चौलागाईं नेपाली कांग्रेस परित्याग गरी शुक्रबार नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । चौलागाईंलाई एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज कमल चौलागाईंले पार्टीमा स्वागत गर्नुभयो । 

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्र स्तरीय इन्चार्ज सरस्वती बस्नेत, रचना खड्का, वाग्मती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज ईश्वरचन्द पोखरेल, जिल्ला पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।