धनगढी,७ साउन । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुले धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाललाई ज्ञापन पत्र बुझाएको छ । भित्र विभिन्न जिल्लाबाट आएर अध्ययन गरिरहेका विद्यार्थीहरूको सहजताका लागि कोठा भाडा र सवारी भाडामा एकरूपता ल्याउनुपर्ने माग राख्दै अनेरास्ववियुले आइतबार ज्ञापन पत्र बुझाएको हो ।

362650880_2725147017635995_822397843218502721_n 1योपनि पढ्नुहोस : अनेरास्ववियुले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन : समिक बडाल

सुदुरपश्चिम प्रदेशको अस्थाइ राजधानीमा रहेको एकमात्र  उपमहानगरपालिकाभित्र बस् तथा घरवाँलाहरुले मनोमानी भाडा,पानी वाइफाइका  नाममा भाडा असुल्ने गरेको गुनासो धेरै आएपछि निश्चित कानुन निर्माणगरी एकरूपता ल्याउन नियम बनाई कार्यान्वय गर्न अनुरोध समेत गर्दै ज्ञापन पत्र बुझाएको कैलाली बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष तथा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष यमराज जोशीले  जानकारी दिनुभयो ।

 ४२ औ पुष्पलाल स्मृति दिवसको अबसरमा अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल क्याम्पस कमिटीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको सुदूरपश्चिमाञ्चल क्याम्पस कमिटी अध्यक्ष ज्ञानु जेठाराले बताउनु भयो । 

361109089_2725147050969325_1461762043513824359_n