काठमाडौं,१३ साउन  । बझाङ बिथडचिरमा भएको अमानवीय क्रूर जातीय विभेद घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शनिबार मार्च पास गरेको छ । 

पीडितलाई न्याय, मानवीय व्यवहार सहितको क्षतिपूर्तिको लागि अनेरास्ववियुले बालुवाटारमा मार्च पास गरेको हो । विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन  । 

ब्राह्मण समुदायको बस्तीको माथि दलित समुदायका व्यक्तिले घर बनाएको भन्दै सो बन्दै गरेको घर भत्काइएको थियो । उहाँले आफ्नो जग्गामा बनाएको घर भत्काइदिएपछि त्यसको सर्वत्र आलोचना भएको छ । 

कार्यक्रममा बोल्दै अनेरास्ववियु नरेश रोकायाले घटनाका दोषीलाई कारबाही गर्न सरकारले चासो नदिएको बताउनुभयो । उहाँले जातीय विभेदको जघन्य घटनामा पनि सरकार मूकदर्शक बनेको भन्दै आलोचना गर्नुभयो । 

रोकायले घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । दोषीलाई कारबाही नभए अनेरास्ववियु आन्दोलित हुने उहाँले चेतावनी दिनुभयो ।