काठमाडाैं,१३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै बिकल्प नरहेको बताएका छन् । शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको दावी गर्दै मुलुकमा अर्को कुनै बिकल्प नरहेको बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको धारण राखे । एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरि तयारी गर्न निर्देशन दिए । उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिहरुसँग सहमत हुने, बिकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।
ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।




















