काठमाडौं,१४ साउन  । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष पुष्पकमल दाहालले परिषदको बैठक बोलाउनु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं बिपक्षी दलका नेता केपी शर्मा ओलीको कडा आपत्तिपछि प्रधानमन्त्री दाहालले मंगलबार बस्ने गरी बैठक बोलाउनु भएको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्तिका लाग सिफारिस गर्ने छ । बैठक मंगलबार अपरान्ह ४ बजे बस्नेछ । आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल भएको थियो ।

भेटको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि जनाउनु भएको थियो । ओलीको आपत्तिपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गर्नुभएको थियो ।