काठमाडौं,२१ साउन । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ। केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत् अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गराएका हुन्।
अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ।यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सातै प्रदेशका सात वडामा जाने जिम्मेवारी पाएका छन्।
उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ। अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।
उपमहासचिवद्वय वर्षमान पुनलाई विशेष प्रदेशको र जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिइएको छ।




















