इलाम - इलाम २ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय इलामले दुई हप्तासम्म मदिरा बिक्रीमा रोक लगाएको छ ।
उपनिर्वाचनको समयमा शान्ति सुरक्षामा खलल् पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै इलाम प्रसासनले वैशाख २ गतेदेखि वैशाख १५ मा हुने चुनावको मतगणना नसकिएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सूचना विपरीत कसैले मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गरेको पाइए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
तयसैगरी जिल्ला प्रसासन कार्यालय इलामले अनुमति लिएर राखिएका अर्थात वैध हातहतियार पनि प्रशासनमा बुझाउन आग्रह गरेको छ । इजाजत लिएर वैध ढङ्गले राखिएका हातहतियार वैशाख २ गतेसम्ममा प्रशासन वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सुचित गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।




















