विराटचोक - आज जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। एमालेले मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम गरेको छ । कार्यक्रममा पूर्वराष्ट्रपति एवं मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्बिर र शालिकमा माल्यार्पण गरेकी छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। 

सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।

Untitled-3 (8) 11सुरुवाती जीवन

 जननेता मदनकुमार भण्डारीको  २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको हो। पिता देवीप्रसाद र माता चन्द्र कुमारीकोभण्डारीको माहिँला छोराको रूपमा ब्राह्मण परिवारमा भण्डारीको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो। वि.सं. २०१५ साल गाउँ मै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो)बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्ने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकाल मै चण्डी कण्ठाग्र गर्ने गर्नाले उनी जिल्लाभर चर्चित भए, यद्यपि उनले अक्षरहरू चिनिसकेका थिएनन्। उनका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाए, दुःख भएन। हिलो धूलोमा पढ्न पनि परेन। वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सके।

२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उनी भारतको मथुरामा अध्ययन गर्न गए। दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे।

राजनीतिक जीवन

२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको 'को-अर्डीनेशन केन्द्र'मा आवद्ध भई 'मुक्तिमोर्चा समूह'लाई नै त्यसमा विलय गराइयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

 जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि ​मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।

व्यक्तिगत जीवन

उनको विवाह -२०३९ सालमा विद्या पाण्डेसँग भयो। उनीहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू जन्मिए । उनकी श्रीमती विद्या पाण्डे भण्डारी देशकै सार्वाधिक पद राष्ट्रपतिमा दुई कार्यकाल सम्हालिन ।