काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन्। उनले देश र जनताको नाउँमा शपथ लिएका हुन्।
शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई पनि सपथ गराएका छन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थित छ।




















