विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका -३ स्थित श्रीखण्ड माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको संस्था नेपाली अमेरिकन कम्युनिटी अफ न्युयोर्कले बिहिबार एक कार्यक्रमका बीच ब्याग तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
हाल अमेरिका बसोबास गर्दै आएका सुन्दरहरैँचा-३ का युवा समाजसेवी तथा संस्थाका प्रतिनिधि टीकाराज ढकालको पहलमा कक्षा १ देखि ५ सम्म अध्ययन गरिरहेका १२८ जना विद्यार्थीहरुलाई ब्याग सहित कपि,बलपेन तथा पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम भट्टराईले जनाकारी दिए ।
पिछडा वर्ग गरिव तथा विपन्न परिवारका बालबालिकालाई हौसाला प्रदान गर्ने उदेश्यका साथ ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी ढकालले बताए । आदिवासी,पिछडा वर्गका विद्यार्थीको संख्या धेरै रहेको यो सामुदायीक विद्यालयमा भविष्यमा पनि सक्दो सहयोग गरीने ढकालले प्रतिबद्दता पनि गरे ।
उक्त ब्याग तथा शैक्षिक सामाग्रीहरुका लागि बिटी फाउन्डेसन अमेरिका, बिश्वराज बास्तोला , केटिएम लाइन्स क्लव न्युयोर्क, रस्मि श्रेष्ठ ,दिलकुमारी केसी फाउन्डेसन न्युयोर्क,नवराज केसी , नासो सेन्ट्रल नेपाली लाइन्स क्लव न्युयोर्क,टिकाराज ढकाल , आरके फाउन्डेसन अमेरिका,बेद खरेल , पार फाउन्डेसन अमेरिका,एलिजाबेथ ढकाल , एमबी फाउन्डेसन न्युयोर्क,महेश खडका टीका भक्त फाउन्डेसन, शंकर भण्डारी ,जुनकिरी नेपाल बाबुराम शर्मा , सहयोगी दाताहरु रहेको ढकालले बताए ।
उक्त संस्थाहरुले गत साल पनि सुन्दरहरैँचा नगरपालिका -३ स्थित जनता आधारभुत बिद्यालयमा ८० जना भन्दा बढी विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।
उक्त कार्यक्रमको अवसर पारेर सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीले छात्राहरुको लागि सेनिटरी प्याड डिस्पोज गर्ने भेन्डिङ मेसिन विद्यालयलाई प्रदान गरेकी थिइन् I
कार्यक्रममा उपमेयर अकली चौधरीको प्रमुख आतिथ्यता र ब्याग तथा शैक्षिक सामाग्री प्रदान गर्ने संस्थाका प्रतिनिधि टीकाराज ढकालको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै सोही वडाको पूर्व वडाध्यक्ष जीवन ढुङ्गाना,सुकुना क्याम्पसका पूर्व स्ववियु सभापति बद्री आर्याल,वडा सदस्य निलम अधिकारी,नेपालपूर्व मिडियाका संचालक समिति उपाध्यक्ष श्रवण घिमिरे,शिक्षक अभिभावक संघका अध्यक्ष लालबहादुर खड्का,समाजसेविहरु कमल न्यौपाने,मातृका दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. घनश्याम भट्टराईले स्वागत मन्तव्य गरेका थिए भने शिक्षक तोयानाथ फुयालले कार्यक्रम संचालन गरेका थिए । उक्त ब्याग तथा शैक्षिक सामाग्री सहयोगका लागि दातृसंस्था र विद्यालयबीच शिक्षक घनश्याम धमलाले समन्वय गरेका थिए ।





















