काठमाडौं/ मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुई वटा छुट्टाछुट्टै टेण्डर (ठेक्का) आह्वान गरेर अघि बढाउने भएको छ ।
गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेण्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो ।
आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेण्डर आह्वान गर्न लागको हो ।
आयोजनाको कार्यकारी निर्देशक सूर्यराज कंडेलले मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको बाँकी काम टेण्डरबाट गर्ने बाटो खोलेसँगै आवश्यक तयारी गरेको बताए । नागरिक दैनिकबाट


