विराटचोक— नेपालको प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित सुकुना बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार क्यापस सञ्चालक परिषद्को १८ औं बैठकको अवसरपारेर विभिन्न तहको वार्षिक परीक्षामा उच्च अङ्क ल्याउने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।

 विभिन्न सहयोगी दाताहरु,सहयोगी संस्थाहरु र  शिक्षक तथा कर्मचारीहरूका साथै क्याम्पसको स्रोतबाट संकलन गरिएको अक्षयकोषको ब्याजबाट  अठार लाख ८१ हजार नौ सय अन्ठानब्बे रुपयाँ छात्रवृति वितरण गरिएको क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिए । 

जसमा विश्वविद्यालय अनुदान आयोगबाट ६६ जना विद्यार्थीहारुलाई वार्षिक १५,००० का दरले  ९ लाख ९० हजार,रुक्माङ्गत कटवाल ट्रष्टबाट एक जनाले वार्षिक रु २५ हजार र अर्को एक जनाले वार्षिक रु. ३५ हजार गरी रु. ६० हजार दुई सय छात्रवृत्ति पाइरहेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले  जानकारी दिए ।

पहिलो चरणमा जम्मा २५१ जना विद्यार्थीहरूले जम्मा रु. २९, लाख ३२ हजार १९८ छात्रवृत्ति रकम विद्यार्थीहरूले प्राप्त गरेको र दोस्रो चरणमा स्नातक तेस्रो वर्षको अन्तिम परीक्षाको प्राप्ताङ्कका आधारमा थप विद्यार्थीहरूलाई  विरण गरिएको दहालले  बताए । 

कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने सङ्ख्या वृद्धि गर्दैजाने  र यसबाट क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने धारणा राखे । क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष समेत रहेका गुरुङले अक्षयकोषको रकम थप गर्न मनकारी  दाताहरुमा अनुरोध पनि गरे । 

क्याम्पस सभाकक्षमा भएको उक्त समारोहमा अक्षयकोषदाताहरू, छात्रवृत्ति दाता सङ्घ/संस्था/सहकारी/बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू गरी करिब ३५० जनाभन्दा बढि सहभागि रहेका थिए । 

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । मन्तव्यका क्रममा क्रमश अक्षयकोषको रकम १ करोड पुर्याउने लक्ष रहेको तथा आगामी मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने उनले बताए । 

WhatsApp Image 2024-10-01 at 12.15.21_40fb53e8क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशब अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालक समितिका पूर्व अध्यक्ष देवेन्द्र मास्के,शिक्षाप्रेमी सुरेन्द्रबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।

 सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा छात्रवृत्ति व्यवस्थापन समितिका सदस्यहरू उपप्राध्यापकहरू क्रमशः गेहेन्द्र खनाल, टीकाप्रसाद उपाध्याय, खगेन्द्रराज दाहाल, रमेश खतिवडा र लेखाफाँट प्रमुख युवराज सुवेदीले सहजीकरण गरेका थिए ।

461854995_8316105291838210_8447315003997066955_n

WhatsApp Image 2024-10-01 at 12.14.51_3da39d42

WhatsApp Image 2024-10-01 at 12.14.50_531ec288