•    दुर्गाप्रसाद खरेल 

विराटचोक— निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)  सुन्दरहरैँचा नगर समितिका नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार विराटचोकमा  एक कार्यक्रमका वीच पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

गत मंसिर १२ गते भएको प्याब्सन सुन्दरहरैँचा  समितिको तेस्रो अधिवेशनबाट दिपक क्षेत्रीको नेतृत्वमा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसको  उपाध्यक्षमा टीका पराजुली, सचिवमा सूर्य दंगाल कोषाध्यक्षमा नर्वदा क्षेत्री र सदस्यहरुमा जीवन बस्नेत,तेजप्रसाद पौडेल रहेका छन् ।

  उक्त अधिवेशनको निर्वाचन समितिमा प्याब्सनका केन्द्रिय सचिव हेमन्त कार्की अध्यक्ष रहेका थिए  । कार्यक्रममा प्याब्सन सुन्दरहरैँचा नगर समितिका निर्वतमान अध्यक्ष दिपेन राईले नयाँ कार्यसमितिका अध्यक्ष दिपक क्षेत्रीलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

यो पनि -प्याब्सन सुन्दरहरैँचामा नयाँ नेतृत्व, अध्यक्षमा क्षेत्री,सचिवमा दंगाल

कार्यक्रममा नव निर्वावित समितिलाई बधाई ज्ञापन गर्दै सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर बहादुर आचार्यले शिक्षा विकासको क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित स्कूलहरुले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंशा गरे । त्यस्तै सुकुना वहु‌मुखि क्याम्पसका सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले निजि स्कूलहरुले राज्यलाई सघाई रहेकोले सरकारले समेत सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गरे । 

शिक्षा क्षेत्रको विकासमा निजी श्रोतबाट  सञ्चालित स्कूलहरुलाई राज्यको तर्फबाट कानुनी र व्यवहारीक रुपमा सहयोग गर्न प्याब्सनका प्रदेश उपाध्यक्ष अर्जुन बस्नेतले  माग गरे ।

कार्यक्रममा प्याव्सन मोरङका सचिव जगत बस्नेत, नेल्टा कोशी पदेशका अध्यक्ष गुणराज नेपाल लगायतका वक्ताहरुले सुभकामना मन्तव्य राखेका थिए । 

यो पनि पढ्नुहोस - लागातार सफलता हासिल गर्दै जुपिटर स्कुलका पूर्व विद्यार्थी

May be an image of 9 people, dais and textकार्यक्रममा  सुकुना वहु‌मुखि क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, प्याब्सन कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, शिक्षाप्रेमी रमेश खड्का, जुपिटर इङ्ग्लिस स्कुलका प्रिन्सिपल हरिश्चन्द्र ढकाल, स्कलर्सहोमका प्रिन्सिपल तिलक राई, ज्ञानज्योती इङ्ग्लिस स्कुलका प्रिन्सिपल देवी सिटौला, बालसदन एकेडेमीका प्रिन्सिपल निरज ढकाल, सुबिजिमुर स्कुलका प्रिन्सिपल गोविन्द कार्की,द राइजिङ स्कुलका प्रिन्सिपल गोपालप्रसाद पाठक, शिक्षा निकेतन माविका प्रअ ठाकुरप्रसाद सुवेदी, नगरपालिका शिक्षा शाखाकी लिलादेवी  ओझा  लगायत सुन्दरहरैँचाका  निजि तथा आवासीय विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

निर्वतमान अध्यक्ष दिपेन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नयाँ कार्यसमितिका उपाध्यक्ष  टीका पराजुलीले सञ्चालन गरेका थिए ।

May be an image of 8 people and dais

May be an image of 6 people and people smiling