विराटचोक— मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा प्रदेशमै सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएको छ। २०८१ सालको चैत ७ गते बाट सुरु भएको एसईई परीक्षामा यस विद्यालयबाट ६ सय २६ जना विद्यार्थी सहभागी भएका छन्। यो संख्या कोशी प्रदेशमा कुनै एक विद्यालयबाट सहभागी भएका परीक्षार्थीहरूको सबैभन्दा उच्च संख्या हो।

विद्यालयले जम्मा १२ वटा सेक्सन मार्फत उनीहरुलाई पठन पाठन गराउदै आएको थियो ।  जसमा ९ओटा अंग्रेजी, २ वटा नेपाली, १ वटा सिभिल सेक्सन र खुल्ला तर्फका ८७ जना विद्यार्थीहरुले परिक्षा दिदै गरेको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।   

जम्मा ४ ओटा परिक्षा केन्द्रबाट परिक्षा दिदै गरेको प्रधानाध्यापक बस्नेतले बताए । जसमा सुन्दरहरैँचाको २ वटा परिक्षा केन्द्र- शिक्षा निकेतन मावि सलकपुरमा ४८९ जना, महेन्द्र माविमा ८९ जना, बेलाबरीको कविर माविमा ४७ जना र विराटनगरको शिक्षा सदनमा १ जनाले परिक्षा दिदै गरेका छन् ।

प्रदेशमै सबैभन्दा धेरै विद्यार्थीले एसईई परीक्षा दिदै गरेको मात्रै हैन ६ जोडी जुम्ल्या विद्यार्थीहरुले एकैपटक परीक्षा दिदै गरेको संयोग परेको छ । प्रधानाध्यापक बस्नेतका आनुसार नियमित तर्फ ५ जोडी छन् । छात्रा  २ जोडी,३ जोडी छात्र । खुलामा १ जोडी छात्र र छात्रा छन् ।

 १ कक्षा  देखि १२ कक्षा सम्म पढाइ हुदैँ गरेको सुकुना माविमा करिव ४५ सय भन्दा बढि विद्यार्थीहरु अध्यन गरीरहेका छन् ।  देशकै उत्कृष्ट टपटेन  विद्यालय भित्र पर्न सफल भएको छ भने कोशी प्रदेशको उत्कृष्ट नमुना विद्यालयको रुपमा स्थापित छ ।

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिँदैछन्  । कोशी प्रदेशमा परीक्षा दिने विद्यार्थीको संख्या ८० हजारभन्दा बढी रहेको छ ।