बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ।

हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट ४ रुपैयाँ र डिजेलबाट २ रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ।

१ साउनदेखि पेट्रोलबाट ५ रुपैयाँ र डिजेलबाट ३ रुपैयाँ कर उठाउन सुरु हुनेछ।

मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ। सुर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ। 

फलफूल जुस र ड्राइफुड तथा जंकफुडमा अन्तःशुल्क र भन्सार वृद्धि भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।सिमेन्ट फलामे डन्डीमा पनि १० प्रतिशत अन्तःशुल्क बढाइएको छ।