सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिस्ट सरकारको लोकप्रिय ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँताएको छ।

गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो खबर आजको  कान्तिपुर  दैनिकमा होम कार्कीले लेखेका छन्। 

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए।