काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीले रकम नभएको बैंक खाताबाट डेढ करोड रुपैयाँको चेक दिएको विषय सार्वजनिक भएको छ।

पीडित लालुप्रसाद अग्रवालले चौधरीले दिएको बैंक चेक र चेक रिटर्न (बाउन्स) स्लिप सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन्। उनका अनुसार प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका चौधरीले हिसाब मिलाउने भन्दै फेब्रुअरी १३ मा १ करोड ५० लाख रुपैयाँको चेक दिएका थिए। तर खातामा पर्याप्त रकम नभएकाले बैंकले २४०८५९५९ नम्बरको उक्त चेक फिर्ता गरेको अग्रवालले बताएका छन्।

यसैबीच, निर्वाचन आयोग ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण फेला परेपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ।