काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज वातापरण बनाउन सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको स्रोतले जानकारी दिएको छ । सचिवालयका एक सदस्य भन्छन्, ‘मंसिरबाट लागू हुने गरी स्वेच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।’
मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने स्रोतको भनाई छ ।
अहिले सबैले राजनीनामा दिने जानकारी दिंदै ती सदस्य भन्छन्, ‘भोलि आवश्यक परेकालाई प्रधानमन्त्रीले फेरि बोलाउन पनि सक्नुहुन्छ ।’


