धरान । नेकपाको घरदैलो अभियान विजय र्याली झै देखिएको छ । आइतबार धरान–१५ स्थित श्याम चोकबाट उम्मेदवार प्रकाश राई सहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय र्याली झै भएको हो । नेकपाको घरदैलो अभियानमा सहभागीको संख्या धेरै भएपछि विजय र्याली झै देखिएको नेकपा १५ नं. अध्यक्ष ज्ञानेन्द्र बस्नेतले बताए ।
बस्नेतले भने नेकपाले गरेको काम र जनताको विश्वास जितेकोले नै हामीलाई उत्साह मिलेको छ । उनले भने –‘अहिले नेकपाको घरदैलो अभियान चुनवा जितेर निस्किएको विजय र्याली झै देखिएको छ ।’ सबैमा उत्साह, उमंग साथै नेकपा प्रति भरोसा रहेकै कारण घरदैलो अभियानमा नाचगान सहित अत्याधिक संख्यामा उपस्थिति देखिएको नेकपाका धरान नगर सदस्य राजमणी निरौलाले बताए ।

नेकपाको घरदैलो अभियान ६ दिनदेखि जारी छ । धरानको ४, ५, ६, २०, ८ नं. वडामा नेकपाले घरदैलो अभियान सकिसकेको छ भने आज र भोली १५ नं. वडामा घरदैलो अभियान चल्ने निर्वाचन परिचालन कमिटि संयोजक रमेश बस्नेतले बताए ।
आइतबार धरान–१५ को श्याम चोकबाट घरदैलो अभियानमा निस्किएको टोली बरगाछी, देवकोटा चोक, पिण्डेश्वर चोक हुँदै निराजन बस्ती आसपासका स्थानमा जारी छ । घरदैलो अभियानमा नेकपाका उम्मेदवार प्रकाश राई सहित नेता तथा कार्यकर्ताहरुले घर घरमा पुगेर मतदाताहरुसँग आफ्नो एजेण्डा राख्ने, प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने र ठाँउ ठाँउमा कोणसभा गर्दै आएका छन् ।








