धरान,२९ कार्तिक । अनेरास्ववियका केन्द्रिय सहसंयोजक रञ्जित तामाङले अनेरास्ववियूको प्रदेश स्तरिय वृहत कार्यकर्ता भेलालाइ संम्वोधन गर्दै भने धरानको निर्वाचन विजय गरेर सिमा सुरक्षका लागी भारतिय शासकसँग लड्न जाने वताएका छन ।
केही समय अघि नेपालको भुमि भारतले आफ्नो राजनितिक नक्सामा हालेर निकाले पछि अहिले चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भ अनेरास्ववियका केन्द्रिय सहसंयोजक तामाङले भने विद्याथीकोे कलम चलाउन हातले आवश्यकता परे बन्दुक चलाउन पनि पछि नपर्ने वताएका छन ।
उनि थप्छन, धरानको निर्वाचनमा जित्न कुनै समस्या त छैन तर हामीले ठुलो मतान्तरले जित्नु पर्नेछ त्यसका लागी अनेरास्ववियूका सबै तहका नेताहरुलाइ हदै सम्म लाग्न पनि निर्देशन दिइएका छन । बिद्यार्थी भनेको सडकबाघको रुपमा स्थापित भएको हो संगठन हो आवश्यक परे जस्तोसुकै परिस्थितिको सामना गर्न समेत पछि नपर्ने वताएका छन ।
उनले भारतिय सिमा विवादलाइ इङ्गित गर्दै भने हामी हाम्रो भुमि रक्षाका लागी युद्ध लड्न पनि तयार छौँ । त्यस्तै अहिले कांग्रेसले प्रतिपक्षको समेत राम्रो भुमिका निर्वाह गर्न नसकेको वताएका छन । उनि थप्छन , रचनात्मक भुमिका निर्वाह गर्न त सकेन आज कांग्रेस विद्यार्थी संगठन नेविसंघविहिन भएको छ ।
उनि अझ भन्छन नेविसंघको अभावमा अघिल्लो वर्ष पनि स्ववियू निर्वाचन नगरेको. र आउने फागुन १४ सम्ममा नेविसंंघ गठन भएन भने समस्या हुन्छ भनेर कांग्रेसका शिर्ष नेतालाइ नेविसंघ गठन गर्न चियापान कार्यक्रममा सुझाव दिइएको संयोजक तामाङले प्रदेश नम्वर एकको वृहत विद्यार्थी भेलालाई सम्वोधन गर्ने क्रममा वताएका छन ।




















