धरान,२९ कार्तिक । विपक्षी  दल अर्थात मंशीर १४ गते हुने उप निर्वाचनका उम्मेद्धवार नेपाली काँग्रेसको तर्फबाट मेयर पदको लागि उम्मेद्धवार वनेको तिलक राईले स्थानीय करको विषयमा सरकारको चर्को विरोध गरिरहेको वेला नेपाल कम्यनिष्ट पाटी(नेकपा) का उम्मेद्धवार प्रकाश राईले करको विषयमा आफ्नो धारणा ब्यक्त गरेका छन् ।

 शुक्रबार धरान १६ स्थित जनपथ लाइनमा चुनावी घरदैलो अभियानमा व्यस्त रहेका वेला सन्चारकर्मीसँग स्थानीय सरकारले लागु गरेको नयाँ करको विषयमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।सन्चारकर्मीसँग उम्मेद्धवार राईले भने,धरानमा स्वाभिक रुपले केही कर वढेको मैले पनि अनुभव गरेको छु म पनि एउटा करदाता हुँ ।’ आफु निर्वाचति भएर गएपछि पहिलो प्राथमिकतामा नै धरानवासीको आवाज र मागलाई संवोधन गर्ने उम्मेद्धवार राईले बताए ।

स्थानीय सरकारले बढाएको करबाट निरास नहुन पनि धरानवासीलाई आग्रह गरेका छन् । उनले भने,म जितेर गएपछि अवस्य पनि धरानवासीको लागि करको विषयमा पहिलो प्राथमिकतामा राख्ने छु,त्यसका लागि करदाता, विज्ञ र सरोकारवाला सवैसँग छलफल गरेर अघि वढ्नेछु।’सवै पक्षसँग सल्लाह गरेर सवैले तिर्न सक्ने खालको कर निर्धाणर गर्नु मेरो जिम्मेवारी पनि हो र म त्यो काम गर्ने छु ।धरान उमपहानगरपालिकाले नयाँ कर निर्धाणरण गरेर कार्यान्यवन गरेपछि करको विरोध पनि भइरहेको छ ।