धरान,१ मंशीर / उप–निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा प्रवेश गर्नेहरुको धरानमा लहर नै चलेको छ । काँग्रेस,संघीय समाजवादी लगायतमा आवद्ध राख्नेहरु नेकपाका उम्मेद्धवार प्रकाश राईको विजय सुनिश्चित भएपछि धमाधम पाटी परित्याग गर्ने लहर चलेको हो । आइतबार नेकपाको पाटी कार्यालय धरानमा समाजवादी पार्टीको जनसङगठन समाजवादी युवा सङ्घ नेपालका जिल्ला सदस्य श्री रविन राईको नेतृत्वमा करिव ३८ जना युवा तथा महिला नेपाल कम्युनिष्ट पाट्र्री (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपा जिल्ला कमिटी सदस्य भीम राई ज्वालाले दिएको जानकारी अनुसार उनीहरुले आसन्न उप निर्वाचनमा नेकपा उम्मेद्धवार प्रकाश राईलाई विजय गराउन आफ्नो अमुल्य मत दिनेछन । सङ्घीय संसद सदस्य जय कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल( पप्पु) भिम ज्वाला, अशोक राई राजमणी निरौला लगायतका वक्ताहरुले नव प्रवेशीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

dharan-nirbachan-2

प्रवेश गर्नेहरुको नामावलि

रविन राई,रविन परियार,विपिन श्रेष्ठ,अल्कास परियार,सन्दीप तामाङ,जितु सहानि,सुजन परियार,मिलन परियार,रोशन सहानि युवराज श्रेष्ठ,रामकुमार तामाङ,निमा मोत्तान,विकाश लिम्बू,कपिल राई,विषण राई,सचिन गिरी,आशिष सुब्बा,रोहन भुजेल,शत्ति राई,गौरव राई,आशिष राई,उमेश राई,सुदीप लिम्बु,कमल लिम्बु,प्रदिप राई,शुसान्ता लिम्बु,लक्षु राई,सुनिल बिक,निशान राई,बिमल राई,रोशन राई,खगेन्द्रू राई, भिम कुमार ,तुलसा राई,योगेश राई,तनुजा राइ, रहेका छन् ।

samajbadi-name